सिम्रन थापा आत्महत्या प्रकरण : चितवन मेडिकल कलेजका दुई शिक्षक निलम्बन

खबर चितवन

खबर चितवन

चितवन,वैशाख २८ । चितवन मेडिकल कलेजका २ जना शिक्षक निलम्बनमा परेका छन् । बिडीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सिम्रन थापाले आत्महत्या गरेपछि कलेजले दुई जना शिक्षकलाई निलम्बन गरेको हो । डा.हरेन्द्र सिंह र डा.अभिषेक गुप्तालाई कलेजले निलम्बन गरेको हो । परीक्षा हलबाट निकालेपछि थापाले आत्महत्या गरेकी थिइन् ।

मृतकका परिवारले सिंह र गुप्ताविरुद्ध आत्महत्या दुरूत्साहनको मुद्दा दायर गरेका छन् । त्यसपछि कलेजले निलम्बन गरेको हो ।बुधबार दिउँसो परीक्षा दिइरहेकी थापालाई चिट चोरेको भन्दै परीक्षा हलबाट निकालेका थिए । त्यसपछि कलेज नजिकै रहेको आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

उक्त घटनापछि विद्यार्थीहरूले मेडिकल कलेजको ओपिडी सेवा बन्द गरेका छन् । घटनापछि कलेजले निष्पक्ष छानबिनका लागि जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरेको थियो ।

प्रहरीले उक्त घटनाका विषयमा अनुसन्धान थालेको छ । प्रहरीले अनुसन्धान थालेको र शिक्षकलाई निलम्बन गरेपछि विद्यार्थीहरूले ओपीडी सेवा सुचारू गरेका छन् । तर, डेन्टलको ओपीडी सेवा भने बन्द छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

चितवन । चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । सो शव सिमलतालमा पहिरोले बगाएको...

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

चितवन,२९ असार । शुक्रवार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न...

सिमलतालमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित

सिमलताल दुर्घटना: नदीमा बेपत्ता बसको खोजी कार्य सुरु

चितवन,२९ असार । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ ।...

अक्षय कुमारलाई कोरोना संक्रमण

अक्षय कुमारलाई कोरोना संक्रमण

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयकुमारले आफूलाई  कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख...