पाथीभरामा ७ करोड भन्दा बढी भेटी संकलन

खबर चितवन

खबर चितवन

ताप्लेजुङ,२८ वैशाख । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा ७ करोड १० लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ । पाथीभरामा भक्तजनले चढाएको र विभिन्न दाताले उपलब्ध गराएको सहयोगसमेत गरी हालसम्म उक्त रकम संकलन भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत वैशाख १ सम्ममा कुल सात करोड १० लाख ३७ हजार ७९३ रुपियाँ भेटी सङ्कलन भएको छ । कुल रकममध्ये गत आर्थिक वर्षसम्म पाँच करोड तीन लाख १८ हजार ४८५ रुपियाँ भेटी सङ्कलन भएको थियो । चालु आर्थिक वर्षको वैशाख १ सम्म मात्र दुई करोड सात लाख १९ हजार ३०८ रुपियाँ सङ्कलन भएको हो ।

समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार चालु आवमा सङ्कलन भएको भेटी अन्तर्गत पाथीभरामा भक्तजनले चढाएको रकमबाट एक करोड ५६ लाख ९७ हजार २४० रुपियाँ रहेको छ । यस्तै विभिन्न दाताको सहयोगबाट ११ लाख ३१ हजार ६७७ रुपियाँ, सिक्का सटहीबाट सात लाख ५० हजार छ सय रुपियाँ र भारतीय रुपियाँ (भारु) सहटीबाट सात लाख दुई हजार तीन सय रुपियाँ रकम सङ्कलन भएको जानकारी उहाँले दिनुभयो ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...