3pl

इन्डियन प्रिमियर लिग : दिल्लीविरुद्ध चेन्नाई २७ रनले विजयी

खबर चितवन

खबर चितवन

Mitchell Marsh of Delhi Capitals runout by Ajinkya Rahane of Chennai Super Kings during match 55 of the Tata Indian Premier League between the Chennai Super Kings and the Delhi Capitals held at the MA Chidambaram Stadium, Chennai on the 10th May 2023 Photo by: Deepak Malik / SPORTZPICS for IPL

काठमाडौं,२८ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २७ रनले हराएको छ ।

बुधबार घरेलु मैदान एमए चिदम्बरम रंगशालामा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो ।

चेन्नईका शिवम दुवेले २५, रितुराज गायक्वाडले २४, अम्बाती राइडुले २३, अजिङ्क्या रहाणे र रविन्द्र जडेजाले समान २१ तथा कप्तान महेन्द्र सिंह धोनीले २० रन जोडे । दिल्लीका मिचेल मार्सले तीन विकेट लिए । अक्षर पटेलले दुई विकेट लिदा खलिल अहमेद, ललित यादव र कुलदीप यादवले समान एक विकेट लिए ।

चेन्नईले जितका लागि दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४० रन मात्रै बनाउन सक्यो ।

दिल्लीका रिले रोउसोले ३५ रन बनाए । मनिष पाण्डेले २७, अक्षर पटेलले २१, फिल साल्टले १७, ललित यादवले १२ र रिपल पटेलले १० रन जोडे ।चेन्नाईका मथिसा पथिरानाले तीन विकेट लिए । दीपक चहरले दुई विकेट लिदा रविन्द्र जडेजाले एक विकेट लिए ।

जितसँगै १२ खेलमा १५ अङ्क जोडेको चेन्नई अङ्कतालिकाको दोस्रो स्थानमा छ ।दिल्ली ११ खेलमा ८ अङ्कका साथ तालिकाको पुछारमा छ ।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...