3pl Addiction Helpline America addictionhelplineamerica

नेपाल प्रेस युनियन चितवनको अध्यक्षमा पुन : अनिल ढकाल निर्वाचित

खबर चितवन

खबर चितवन

भरतपुर,२७ वैशाख । नेपाल प्रेस युनियन चितवनको अध्यक्षमा पुन : अनिल ढकाल निर्वाचित भएका छन् । युनियनको बुधबार सम्पन्न नवौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदका अर्का प्रत्यासी सूर्यप्रसाद अधिकारीलाई पछि पार्दै ढकाल अध्यक्ष पदमा पुनः निर्वाचित भएका हुन् ।

ढकालले १२२ मत प्राप्त गरे भने अधिकारीले ५१ मत ल्याए । २२० सदस्य रहेको युनियनको निर्वाचन क्रममा १७८ मत खसेको थियो । ५ मत बदर भएको थियो ।
युनियनको अन्य सबै पद निर्विरोध भएको छ ।जस अन्तर्गत महिला उपाध्यक्ष सिन्धु ढकाल, उपाध्यक्ष खुला प्रस्ताव सुवेदी, सचिव राजु चौधरी, कोषाध्यक्ष राजु सापकोटा र सहसचिवमा राजेन्द्र कार्की र अस्मिता पराजुली रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा लेखराम सापकोटा, बन्दना देवकोटा, लक्ष्मी ढकाल, चरणदेव महतो निरज, यात्री छिदाल परियार, माधव सापकोटा, सञ्जय दुवाडी, सुधन पौडेल, केशव भट्टराई, राजनदिल गुरुङ, सुशील पन्त, रविलाल भट्ट, विनोद श्रेष्ठ, महेश पाण्डे, दयाशंकर चौधरी र राजकुमार माथोक चेपाङ रहेका छन् ।

अध्यक्ष पदमा निर्वाचित पश्चात् सम्बोधन गर्दै ढकालले सम्पूर्ण श्रमजीवी पत्रकारको हकहितका पक्षमा उभिएर आफ्नो टिमले काम गर्ने बताएका छन् ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...