काठमाडौं,२७ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले हराएको छ । घरेलु मैदान वान्खेडेमा मंगलबार राति भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको बैँग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । ग्लेन म्याकवेलले ६८ तथा कप्तान फाफ डु प्लेसिसले ६५ रन जोडे । मुम्बईका जासोन बेहरेनड्रोफले सर्वाधिक ३ विकेट हात पारे ।
जवाफि ब्याटिङ गरेको मुम्बईले १६ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो ।मुम्बईका सूर्यकुमार यादवले ८३, नेहाल वादेराले अविजित ५२ र इशान किशनले ४२ रन जोडे ।बैँग्लोरका वानिन्दु हसरंगा र विजयकुमार भायसकले समान २-२ विकेट हात पारे ।
मुम्बई ११ खेलमा १२ अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलमा बेंग्लोर १० अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ ।
आईपीएलमा आज चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सविरुद्ध खेल्ने तालिका रहेको छ ।
Discussion about this post