3pl Addiction Helpline America addictionhelplineamerica

हेर्नुहोस २०८० वैशाख २६ गते मङ्गलबारको राशिफल

खबर चितवन

खबर चितवन

२०८० वैशाख २६ गते मङ्गलबार,९ मे २०२३।  जेठ कृष्ण चतुर्थी पञ्चाङ्ग: सिद्ध बव मूल , कानून दिवस
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूका लागि आज पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । धार्मिक यात्रा फलदायी, पारिवारिक सहयोग प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूको लागि आज पारिवारिक विवाद बढ्ने, स्वास्थ्य कमजोर रहने, पुरा हुन लागेको काममा रोकावट आउन सक्ने रहेकाले ध्यान दिनुपर्ने समय छ। आज नयाँ लगानी तथा शेयर बजारमा कारोबारको लागि समय त्यति उपयुक्त छैन। विद्यार्थीहरुले राम्रो नतिजाको लागि धेरै मेहनत गर्नुपर्ने समय छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएकाहरूको लागि आज धेरै समयदेखि रोकिएका कामहरु आज पुरा हुन सक्छन्। पहिले गरिएको लगानीबाट राम्रो प्रतिफल मिल्न सक्छ। प्रेम सम्बन्धमा रहेकाहरुले आफ्नो प्रेमीसँग राम्रो समय बिताउन सक्छन्। पतिपत्नीका बीच समझदारी बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशि भएकाहरूको लागि आज मनमा उत्साह र उमङ्ग रहनेछ। शत्रुहरू पराजित हुन सक्छन्। प्रेम तथा पारिवारिक जीवन राम्रो रहन सक्छ।  राज्यपक्ष र सरकारी कामहरु बन्नेछन् । सामाजिक प्रतिष्ठा कायम राख्ने समय छ । विद्यार्थीहरुको पढाईमा ध्यान लाग्न सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि भएकाहरूको लागि आज परिवारका साथ समय बिताउन सकिनेछ भने प्रेम जीवनमा रहेकाहरुले प्रेमीसँग घुमघाममा जान सक्ने समय छ। स्वास्थ्य आज सामान्य रहनेछ। व्यापार व्यवसायबाट सामान्य लाभ मिल्न सक्छ। विद्याको क्षेत्रमा प्रगति हुन सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूको लागि आज शरीरमा चोटपटक लाग्न सक्ने रहेकाले ध्यान दिनुपर्छ। पेट तथा छाती सम्बन्धि समस्या आउन सक्छ । यात्रा फलदायक नरहन सक्छ। साथीभाईको सहयोग नमिल्न सक्छ। पढाईमा रुचि नलाग्ने समय रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूको लागि आज दाजुभाई तथा आफन्तको सहयोग प्राप्त हुन सक्छ। आयआर्जन बढ्नुका साथै धनको संग्रह हुन सक्ने समय छ। पारिवारिक जीवनमा विश्वासको वातावरण बन्नेछ। अर्थपूर्ण रमाइलो यात्रा हुन सक्छ। विद्यार्थीले पढाईमा रुचि लिन सक्छन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूको लागि आज उचित सोचविचार नगरी बोल्दा र हतारमा निर्णय लिँदा काममा समस्या हुने तथा आफन्तसँग वैरभाव हुन सक्छ। संचित धनको नाश हुन सक्छ। विद्यार्थीले पढाईमा उचित ध्यान लगाउँदा राम्रो परिणाम प्राप्त हुन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि भएकाहरूको लागि आज आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूको लागि आज आम्दानी भन्दा खर्च बढ्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था सिर्जना हुन सक्छ भने जागिरमा प्रतिष्पर्धीबाट बाधा हुने तथा कामको उचित जस नमिल्ने समय छ। स्वास्थ्य कमजोर रहन सक्ने भएकाले ध्यान दिनुपर्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशि भएकाहरूको लागि आज रोकिएका आर्थिक लेनदेन मिल्ने र हात लाग्नुपर्ने धन मिल्न सक्छ। आफुभन्दा अग्रजको साथ सहयोग मिल्न सक्छ। पारिवारिक तथा प्रेम जीवन सुखमय रहन सक्छ। विद्यार्थीले पढाईमा उचित ध्यान दिएर राम्रो नतिजा प्राप्त गर्न सक्छन्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूको लागि आज नयाँ कामको थालनी गर्नको लागि समय राम्रो छ। कार्यक्षेत्रमा रहेका विघ्नबाधा हटेर सहज वातावरण बन्न सक्छ। आयआर्जन बढ्नुका साथै साथीभाईको सहयोग मिल्न सक्छ। पढाईमा प्रगति हुने योग छ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...