९ महिनामा दुई लाख बढि पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरे

खबर चितवन

खबर चितवन

चितवन,२६ वैशाख । चालु आर्थिक वर्षको नौ महिनामा झन्डै सवा दुई लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन्।निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार साउनबाट चैतसम्म २ लाख २१ हजार ५०३ जनाले निकुञ्जको अवलोकन गरेका छन्।

एक लाख ५९ हजार ७०८ जना नेपाली, २२ हजार ३९० जना सार्क राष्ट्र र ३९ हजार ४०५ जना अन्य देशका पर्यटकले निकुञ्ज अवलोकन गरेको तिवारीले बताए। नौ महिनामा निकुञ्ज अवलोकन गर्ने पर्यटकको संख्या गत वर्षभन्दा धेरै हो। चितवन निकुञ्जले उपलब्ध गराएको तथ्यांकअनुसार गत वर्ष १ लाख ९० हजार ४५८ जना पर्यटकले अवलोकन गरेका थिए।

आर्थिक वर्ष २०७५/०७६ मा १ लाख ८७ जनाले अवलोकन गरेका थिए।पछिल्ला १० वर्षमा २०७५/०७६ मा धेरै पर्यटकले निकुञ्ज घुमेका थिए। त्यसपछि कोभिड–१९ को असर पर्‍यो। यस वर्ष निकुञ्ज घुम्ने पर्यटकको संख्या निकै बढेको छ,’ तिवारीले भने, ‘नौ महिनामा निकुञ्ज प्रवेश गर्ने पर्यटकको संख्या विगतमा वर्षभरिमा घुम्नेको संख्याभन्दा बढी रहेको छ ।

यस वर्ष धेरै आन्तरिक पर्यटकहरू निकुञ्ज प्रवेश गरेका छन्।विदेशी पर्यटकको संख्या बढेको छ तर कोभिड–१९ अघिको अवस्थामा अझै पुगेको छैन,’ निकुञ्जको सौराहास्थित पूर्वी सेक्टर हेर्ने सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले भने, ‘आन्तरिक पर्यटकहरूको आकर्षण बढ्दो क्रममा छ।’

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...