काठमाण्डाै,२५ वैशाख । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले संसद बैठकमै कपडा खोलेका छन् । सोमबार प्रतिनिधिसभाकाे जारी बैठकमा आफूलाई बोल्न समय नदिएको भन्दै उनले कपडा खोलेर विरोध जनाएका हुन् ।
सांसद् सिंहले संसद्मा कपडा खोलेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिएका थिए । विशेष समय नछुट्याई सभामुख घिमिरेले नियमित कारबाहीमा जान्छौं भनेपछि उनले कपडा खोलेर विरोध जनाएका हुन् ।
सांसदहरूलाई बोल्न विशेष समय नछुट्याएपछि केही सांसद उठेर विरोध जनाएका थिए । सिंहले उठेकै क्रममा लगाइराखेको कपडा खोलेर विरोध जनाएका थिए ।
Post Views: 239
Discussion about this post