पुनम मगर गुन्जनगर,२५ वैशाख । सोच परिवर्तन नेपालले आफ्नो दोस्रो वार्षिक उत्सव मनाएको छ । सस्थाको सप्ताहव्यापी विभिन्न कार्यक्रम गर्दै दोस्रो गौरवमय वार्षिक उत्सव आइतबार भरतपुर १८ का वडा अध्यक्ष बाबुराम रानाको प्रमुख आतिथ्यतामा मनाएको हो ।
प्रमुख अतिथि रानाले कार्यक्रममा यो बर्षको बजेटमा वडाका महिला दिदिबहिनीहरुलाइ रु १लाख ५० हजार सम्मको बजेट पारी महिला शसक्तिकरण तथा उद्घोषण कार्यक्रम तालीम दिने र हरेक बर्ष ३ पटकसम्म रक्तदान कार्यक्रमको आयोजना सोच परिवर्तन नेपालको साथ वडा बाट नै गर्ने बाचा गर्नु भएको छ ।
सोच परिवर्तन नेपाल युवाहरु बाट संचालित सस्था भए पनि सस्थाले सामाजिक क्षेत्रमा पुराएको योगदानको प्रशंसा गर्नु हुदै आगामी दिनको शुभकामना दिनु भयो ।प्रमुख अतिथि रानाले अबको २ बर्षमा सोच परिवर्तन नेपालको लागि सार्वजनिक जग्गा दिने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रा।लिका प्रध्यानध्यापक यज्ञ बिलाश पौडेलले पश्चिम चितवनमा युवाहरु बाट संचालित सस्थामा जोडिन पाउदा खुशी लागेको बताउनु हुदै सेन्ट्रल कलेज र आफ्नो साथ सहयोग सस्थालाइ सधै हुने बताउनु हुर्दै अन्य सामाजिक संघ सस्थामा पनी आफुहरुको सहयोग र साथ हुने बताउनु भयो।
सस्थाले हल्याल्पिङ ह्यान्ड अफ द इयर बाट सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रा।लिका प्रध्यानध्यापक पौडेललाइ सम्मान गर्नु को साथै सस्थाका सदस्यहरु अनिस सापकोटा,सुजता गौडेल , अमित बाबु बगालेलाइ सस्था प्रती जिम्मेवारी बोक्दै सहयोग गर्दै आएकोमा सम्मान गर्यो ।
कार्यक्रममा चितवन पोस्टका सम्बादाता रामशरण गैरे,जन प्रिय पब्लिक बोर्डिङ स्कुलका प्राचार्य भानुभक्त अर्याल,जिल्ला समन्वय समिति चितवनक सदस्य कृष्णभक्त भट्टराई,भरतपुर १८ का जनप्रतिनिधि लक्ष्मी अधिकारी,दिवाकर सन्देश फाउन्डेसनका अध्यक्ष लगायत विभिन्न विद्यालयका विद्यार्थी,आमा समुहका ब्यक्तिहरु,विभिन्न सामाजिक ब्यक्तिहरुको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रमका सभाध्यक्ष शिवराज कडेलले दोस्रो वार्षिक उत्सव सफल पार्न हरेक कार्यक्रममा आफ्नो सस्थाको साथीहरुको सहयोग धेरै भएको बताउनु हुदै सम्पुर्ण सहयोगी सस्था,समुह,व्यक्तिसबैलाई धन्यवाद दिनु भयो । कार्यक्रमलाइ सस्थाका सचीव प्रदीप गौतमले सहजीकरण गर्नु भएको थियो ।
दोस्रो वार्षिक उत्सवको अवसरमा सस्थाले सप्ताहव्यापी भरतपुर -१८ बोटेनी, परादेवी तथा महालक्ष्मी मन्दिर र भरतपुर (१७ मा रहेको चितवन मनकामना माइ मन्दिरमा वृक्षारोपण गरि कार्यक्रमको उद्घाटन गर्दै सरसफाइ सम्बन्धि जनचेतना मुलुक कार्यक्रम,चनौलि बजारमा झण्डा राख्ने कार्यक्रम,महिला शसक्तिकरण तथा एक दिने उद्घोषण कार्यक्रम,रक्तदान कार्यक्रम,साइबर सुरक्षा संबंधित जानकारी,हाजिरि जवाफ प्रतियोगिता लगायतको कार्यक्रम गर्दै दोस्रो वार्षिक उत्सव मनाएको हो।कार्यक्रममा सप्ताहव्यापी कार्यक्रममा सहभागी सबैलाइ प्रमाण पत्र पनि प्रदान गरिएको थियो ।
Discussion about this post