3pl

जनप्रिय पब्लिक स्कुलद्धारा सरसफाइ कार्यक्रम सम्पन्न

खबर चितवन

खबर चितवन

भरतपुर,२५ वैशाख । भरतपुर महानगरपालिका वडा नं १९ मा अवस्थित जनप्रिय पब्लिक स्कुलले सर सफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

जनप्रिय पब्लिक स्कुलको गेट देखि शारदानगर टाउन चोक,बखान सिहं चोक,शहिद स्मारक कलेज हुदै पुन श्री जनप्रिय स्कुलको गेटमा आएर सर सफाइ कार्यक्रम सम्पन्न भएको थियो ।

No description available.

कार्यक्रममा जनप्रिय पब्लिक स्कुलका कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीहरु, विद्यालयका शिक्षक उदय कुमार वि.क,नारायण घिमीरे,सागर तामाङ,सह प्राचार्य निर्मल रानाभाट, विद्यालय प्रसासक विश्वराज अर्यालको सहभागिता रहेको थियो ।

विश्व रेडक्रस दिवसको अवसरमा आयोजित कार्यक्रमको नारा (समुदाय संग विद्यालय, विद्यालय संग समुदाय भन्ने)कथनका साथ करिव २० किलो जति फोहर संकलन गरि सर सफाइ मुलक सन्देश प्रवाह गरियो ।

कार्यक्रमको अवसरमा विद्यालय प्रशासक विश्वराज अर्यालले यदि समुदायले स्थानिय विद्यालयलाई सहयोग गरेमा प्रत्यक्ष लाभाम्स स्थानिय समुदायले पाउने तथा जनप्रिय पब्लिक स्कुलले विभिन्न रचनात्मक कार्य गर्ने प्रतिवद्धता ब्यक्त गर्दै शिक्षामा जागृति दिनको लागि जनप्रिय टिम हर दिन,हर पल तयार भएको तथा अभिभावकको रचनात्मक शुझावको अपेक्षा रहेको पनि बताउनु भयो ।

किशोरमान थापा लाहुरे टोल इसान फलफुल पसल र शिक्षक नारायण घिमीरेले गर्मी समयमा चिसो पानी र कोकको प्रायोजन गर्नुभएको थियो ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...