आज विश्व रेडक्रस दिवस,नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै

खबर चितवन

खबर चितवन

काठमाडौँ,२५ वैशाख । विश्व रेडक्रस दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ। रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनको अवसरमा उनको योगदानको कदर गर्दै विविध कार्यक्रम गरी विश्वभर मनाइन्छ।
रेडक्रसका संस्थापक हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरेका थिए।सन् १८६४ मा जेनेभा सम्मेलनले आधिकारिक मान्यता दिएपछि यो दिवस विश्वभर मनाउन थालिएको हो।
नेपालमा २०२० सालमा रेडक्रसको स्थापना भएको थियो। नेपालका ७७ वटै जिल्लामा रेडक्रसका शाखा, एक हजार बढी उपशाखा र ११ लाख बढी स्वयंसेवक आबद्ध छन्।
रेडक्रसले युद्ध, प्राकृतिक विपत्तिमा परेकाको उद्धार तथा जीवनरक्षाको क्षेत्रमा काम गर्दै आएको छ। नेपालमा रेडक्रसले एम्बुलेन्स, रक्तसञ्चार, विपद् व्यवस्थापन, प्राकृतिक प्रकोप, प्राथमिक उपचार, आँखा अस्पताललगायतका आकस्मिक सेवा प्रदान गर्दै आएको छ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

चितवन । चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । सो शव सिमलतालमा पहिरोले बगाएको...

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

चितवन,२९ असार । शुक्रवार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न...

सिमलतालमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित

सिमलताल दुर्घटना: नदीमा बेपत्ता बसको खोजी कार्य सुरु

चितवन,२९ असार । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ ।...

अक्षय कुमारलाई कोरोना संक्रमण

अक्षय कुमारलाई कोरोना संक्रमण

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयकुमारले आफूलाई  कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख...