व्यवसायी शंकर कँडेलको ५ दिनपछि गरियो अन्त्येष्टि

खबर चितवन

खबर चितवन

चितवन,२४ वैशाख । पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेलको शवको आज (शनिबार) अन्त्यष्टी गरिएको छ । वैशाख १९ गते साँझ आफ्नै अफिसमा झुण्डिएको अवस्थामा फेला परेका कँडेलको शवको ५ दिनपछि देवघाटमा अन्त्यष्टी गरिएको हो। शवको अन्त्यष्टी गर्नुअघि शवयात्रा निकालिएको थियो ।

भरतपुर महानगरपालिका–८ स्थित कँडेलको निवासमा पुगेर नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल, कांग्रेस चितवनका सभापति राजेश्वर खनाल लगायतका नेताले कँडेलको पार्थिव शरिरलाई पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए । निवासबाट निकालिएको शवयात्रा मालपोत चोक–चौविसकोठी हुँदै नेपाली कांग्रेस चितवनको पाटी कार्यालय पुगेको थियो । पार्टी कार्यालयबाट देवघाटसम्म शवयात्रा निकालिएको थियो ।

नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायत विभिन्न पार्टीका नेताहरु पनि देवघाट पुगेर स्वर्गीय कँडेलको पार्थिव शरिरमा फूल चढाएर सम्मान गरे ।

मृतक ५२ वर्षीय कँडेल भरतपुर महानगरपालिका– ८ निवासी हुन्। उनी कांग्रेसका पूर्वकोषाध्यक्ष, वर्तमान महासमिति सदस्य एवं उद्योग वाणिज्य संघ चितवनका पूर्वकार्यसमिति सदस्य पनि हुन्। उनको नाम नेपालको उत्कृष्ट पोल्ट्री व्यवसायीमध्येमा आउने गर्थ्याे।

अनमोल फिड्सको ८५ प्रतिशत शेयर किनेका उद्योगी प्रदीप रुङ्गटा र अनमोलकै लेखा प्रमुख जीवन रावलले आफूलाई मर्न बाध्य पारेको कुरा कँडेलले सुसाइड नोटमा उल्लेख गरेका थिए ।

आत्महत्या दुरुत्साहन मुद्धामा रावल पक्राउ परिसकेका छन् भने रुङ्गटा अझै फरार छन् । उनिहरुलाई पक्राउ गरी छिटो भन्दा छिटो कारबाही गर्न परिवारले माग गरीराखेको छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...