3pl

चितवन बन्द आह्वान गरेका छैनौँ : कांग्रेस उपसभापति

खबर चितवन

खबर चितवन

चितवन,२३ वैशाख । नेपाली कांग्रेस चितवनका उपसभापति राजीव न्यौपानेले आज चितवन बन्दको आह्वान नगरिएको बताएका छन् । कांग्रेस र कांग्रेस निकटका कुनै पनि संगठनले चितवन बन्दको आह्वान नगरेको उनले जानकारी दिए ।

‘बसपार्क चोकमा एक घण्टा चक्का जाम गर्छाैँ । अरु केहि कार्यक्रम छैन’, उनले भने, ‘चितवन बन्दको हल्ला फैलाउनेमा हाम्रो पार्टीको कुनै पनि संरचनाका नेता कार्यकर्ता संलग्न छैनन् ।’

पोल्ट्री व्यवसायी एवम् कांग्रेस नेता शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लागेका मुख्य व्यक्ति पक्राउ नपरेको भन्दै कांग्रेसले आज दिउँसो १ बजे केन्द्रिय बसपार्क चोकमा एक घण्टा चक्का जामको आयोजना गरेको छ । त्यसबाहेक अन्य कुनै कार्यक्रम नरहेको न्यौपानेले बताए ।

सामाजिक सञ्जालमा भने शंकर कँडेल न्यायिक संघर्ष समितिको नामबाट चितवन बन्दको आह्वान गरिएको छ । उक्त समितिको आधिकारीकता पुष्टि हुन सकेको छैन ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...