काठमाडौँ,२३ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले जितेको छ ।
चेन्नाईको घरेलु मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १३९ रन बनायो । उसका लागि नेहल ओधेराले ६४ रनको योगदान गरे । चेन्नाईका दीपक चहरले २ विकेट लिए ।
जवाफि ब्याटिङ गरेको चेन्नाईले १७ दशमलब ४ ओभरमा ४ विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । चेन्नईका लागि देवन कनवेले सर्वाधिक ४४ रन बनाए भने रुतुराज गाइकवाडले ३० रन बनाए । मुम्बईका पीयूष चावलाले २ विकेट लिए ।
जितसँगै १३ अङ्कका साथ चेन्नई तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । १० अङ्क भएको मुम्बई छैटाैँ स्थानमा छ ।
Post Views: 179
Discussion about this post