काठमाडौँ,२३ वैशाख । आज अमेरिकाले डाइभर्सिटी भिसा (डिभी)को नतिजा प्रकाशन गर्दैछ । सन २०२३ का लागि आवेदन दिइएका आवेदकहरुको नतिजा सार्वजनिक गर्ने भएको हो ।
यो नतिजा मे महिनाको ६ तारिखमा प्रकाशन हुने गरेको छ । सोही मिति अनुसा आज अमेरिकाले यो नतिजा सार्वजनिक गर्ने भएको हो ।
नेपाली समय अनुसार आज साँझ ९:४५ बजे नतिजा सार्वनिक हुने छ । अमेरिकी विदेश मन्त्रालयको आधिकारिक वेवसाइटमा गएर आवेदन दिँदा प्राप्त कम्फर्मेशन कोड राखेर नतिजा हेर्न सकिनेछ ।
कतिपयले डीभीको नतिजा सार्वजनिक भएपछि नपरेकालाई पनि इमेलमा डीभी परेको भनेर म्यासेज गरि ठगी गर्ने गरेको गतिविधि हुने भएकाले त्यस्तोमा विश्वास नगर्न नेपालस्थित अमेरिकी दूतावासले सचेत गराएको छ ।
आज राति ९:४५ पछि यो () लिंक मा गएर आफ्नो नतिजा हेर्न सक्नु हुनेछ ।
डिभिको नतिजा हेर्नको लागि सर्बप्रथम (https://dvprogram.state.gov/) मा क्लिक गर्नुहोला। यो लिंक क्लिक गरेपछि डिभी भर्दा दिएको १६ वटा अंक र अक्षर भएको कन्फर्मेसन नम्बर,आफ्नो नाम थर र जन्मेको मिति, त्यो भरेपछि अन्त्यमा कोड दिएको हुन्छ त्यो कोड आफुले टाईप गरेर Submit गर्नुपर्ने हुन्छ ।
कन्फर्मेसन नम्बर बिर्सिएको खण्डमा ‘forgot conformation number’ क्लिक गरेर मागेको जानकारी भरेर पनि हेर्न सकिन्छ । छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी उक्त साइटमा नै उपलब्ध हुनेछ । दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डिभी कार्यक्रममा छनौट भएको भन्ने व्यहोराको ईमेल नपठाउने भन्दै भ्रममा नपर्न पनि दूतावासले अनुरोध गरेको छ ।
Discussion about this post