Advertise here

सिम्रिक एयरको हेलिकप्टर दुर्घटना अपडेट-एकको मृत्यु, चार जना घाइते

खबर चितवन

खबर चितवन

3fOt]sf] pkrf/ ul/Fb} vfFbaf/L, @@ j}zfv M ;ªv'jf;efsf] ef]6vf]nf– $ l;K?Ëdf b'3{6gf ePsf] l;d|Ls oP/sf] x]lnsK6/df k/L 3fOt] ePsfx?nfO{{ vfFbaf/Ll:yt ;]gfsf] Aof/]sdf lhNnf c:ktfn ;ªv'jf;efsf lrlsT;sx?n] hfFr ub}{ . dflyNnf] c?0fsf] ;dfg 9'jfgL ug]{ qmddf zqmaf/ ! ah] x]lnsK6/ b'3{6gf ePsf] lyof] . tl:a/ M ;'hg ah|frfo{÷/f;;

संखुवासभा, २२वैशाख  । संखुवासभाको भोटखोला गाउँपालिका–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले बताए । मृतक गुरुङ हेलिकप्टरमा सहयोगीका रूपमा काम गर्दै आएका थिए । शुक्रबार दिउँसो १ बजेर १० मिनेटमा भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको हो ।

क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापा, विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर गम्भीर घाइते छन् । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेमध्ये विक्रम शंकरको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि सिम्रिक एयरको अर्को हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको छ । त्यस्तै क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापालाई घटनास्थलबाटै उद्धार गरेर काठमाडौं लगिएको छ ।

हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिप्ररुङको हम्मरेडाँडामा रुखमा ठोक्किएको थियो । सेनाको हेलिकप्टर दुर्घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो ।

हेलिकप्टरले विद्युत्का सामग्री झुन्डयाएर सिलिङ अपरेसन गर्दै आइरहेको थियो । सिम्रिकको हेलिकप्टर बिहीबार काठमाडौंबाट खाँदबारी प्रहरी कार्यालयमा अवतरण भई उत्तरी गोलातर्फ बेलुकी गएको थियो । त्यहाँ उसले शुक्रबार बिहानदेखि विद्युत्का सामान ओसार्न सटल उडान गर्दै आइरहेको थियो । तस्विरः रासस

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

काठमाडौं । ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडिओहरू प्रशस्त आउने गरेका छन्। विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल,...

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

काठमाडौँ । नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६...

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

चितवन । नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म...

विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै

विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै

काठमाडौँ । उपसभामुख इन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा परेकी छन् । काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको...