काठमाडौं,२१ वैशाख । पछिल्लो २४ घण्टामा देशभर थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५७ जनाको पीसीआर परीक्षणबाट १७ जना संक्रमित पाइएका हुन् । एन्टिजेन परीक्षणको रिपोर्ट भने मन्त्रालयले दिएको छैन ।
हाल देशभर पीसीआर परीक्षणबाट १६२ सक्रिय संक्रमित रहेका छन् भने पछिल्लो २४ घण्टामा ५७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।यस्तै हाल संस्थागत आईसोलेसनमा २४ जना र आईसीयूमा १२ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
Post Views: 193
Discussion about this post