काठमाडौं,२१ वैशाख । पछिल्लो २४ घण्टामा देशभर थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १ हजार ३०१ नमुना परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज उपचारका क्रममा एक जनाको मृत्यु भएको छ ।यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ३१ पुगेको छ । ७४१ जनाको पीसीआर परीक्षणबाट ३३ तथा ५६० जनाको एन्टिजेन परीक्षणबाट १० गरी जम्मा ४३ जना संक्रमित थपिएका हुन् ।
हाल देशभर २०२ सक्रिय संक्रमित रहेका छन् भने पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमणमुक्त भएका छन् ।यस्तै हाल संस्थागत आईसोलेसनमा २६ जना, आईसीयूमा १२ जना र एकजना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
Post Views: 257
Discussion about this post