3pl

इन्डियन प्रिमियर लिग : मुम्बईले पञ्जाबलाई ६ विकेटले हरायो

खबर चितवन

खबर चितवन

काठमाण्डाै,२१ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाब किङ्सलाई ६ विकेटले पराजित छ । घरेलु मैदान मोहालीमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो ।

पञ्जाबका लियाम लिभिङस्टोनले ८२ र जितेश शर्मा ४९ रनको अविजित पारी खेले पनि टोलीको हार टार्न सकेनन् ।त्यस्तै कप्तान शिखर धवनले ३० र म्याथ्यू सर्टले २७ रन जोडे । मुम्बईका पीयूष चावलाले २ र अर्शद खानले १ विकेट लिए ।

जवाफि ब्याटिङमा उत्रिएको मुम्बईले १८ ओभर ५ बलमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।मुम्बईको जितमा ईशान किशनले सर्वाधिक ७५ रन बनाए । सूर्यकुमार यादव ६६ रनमा आउट भए । पञ्जाबका नाथन एलिसले २ तथा ऋषि धवन र अर्शदीप सिंहले समान १/१ विकेट लिए ।

पञ्जाब १० खेलमा ५ मा जित र ५ मा हारसहित १० अङ्ककासाथ सातौँ स्थानमा छ । हिजो भएको पहिलो खेल वर्षाले प्रभावित हुँदा लखनउ र चेन्नईले अङ्क बाँडेका थिए ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...