व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणका आरोपि बिरुद्ध पक्राउ पूर्जी जारी

खबर चितवन

खबर चितवन

चितवन,२० वैशाख । नेपालका परिचित पोल्ट्रि व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणका आरोपि दुई जनालाई पक्राउ पूर्जी जारी भएको छ । परिवारले किटानी जाहेरी दर्ता गराए संगै जिल्ला प्रहरी कार्यालय चितवनले चितवन जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक रामेश्वर कार्कीका अनुसार जाहेरीमा दिईएका नामका व्यक्तिहरुका लागि पक्राउ पूर्जी जारी गरिसकिएको हो । परिवारका तर्फबाट कडेंलले आत्महत्या गर्नुको कारण कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदिप रुङ्टा र कडेंलकै कम्पनीमा कार्यरत लेखा प्रमुख जीवन रावल बिरुद्ध किट्टानी जाहेरी परेको हो ।

जाहेरी परे संगै पक्राउ पूर्जी जारी गरि देशभर प्रहरीका युनिटहरुसंग समन्वय गरिएको कार्कीले बताउनुभयो । उद्योग बाणिज्य संघ चितवन र उद्योग संघ चिवतन लगायतका नीजि क्षेत्रको ज्ञापन पत्र बुझ्दै उहाँले भन्नुभयो “हामीले पक्राउ पूर्जी जारी गरि सकेका छौ । अपराध महाशाखा, सिआईबि लगाएतको टोलीलाई समेत खवर गरेर देशभरका प्रहरी युनिटहरुसंग समन्वय गरेका छौ ।” आरोपि भनिएका व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउने उहाँले बताउनुभयो । परिवारले आत्महत्या दुरुत्साहनमा उजुरी दर्ता गराएका थिए ।

मृतक शंकर कडेंल मंगलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृत अबस्थामा भेटिएका थिए । केही महिना अघि कडेंलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रा.ली.को शेयर रुङ्टालाई बेचेका थिए । शेयर बिक्रि पछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र रावलले मानसिक दवाव दिएको उनको सुसाईट नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको कार्कीले जानकारी दिनुभयो । कडेंल जिल्लाका लोकप्रिय पात्र थिए । ५२ वर्षिय कडेंल भरतपुर महानगरपालिका वडा नम्बर ८ निवासी हुन ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...