3pl

कांग्रेस इतिहास भएको पार्टीले हो : मुख्यमन्त्री सुरेन्द्र पाण्डे

खबर चितवन

खबर चितवन

वैशाख ,२० शशिनगर । गण्डकी प्रदेशका मुख्यमन्त्री नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले  नेपाली कांंग्रेस इतिहास भएको पार्टी भएकोले इतिहासको कुरा गर्ने भन्दै , नेपालको  इतिहास मा कांग्रेसले धेरै परिवर्तनकारी कार्य गरेको बताउनु भयो ।

भरतपुर महानगरपालिकाका पूर्व उपप्रमुख एवं नेपाल महिला  संघ चितवनका अध्यक्ष पार्वती शाह ठकुरीको बुवा कृष्ण बहादुर ठकुरीको  निधन भएको १३ औ दिनको  पुण्य तिथीका सन्र्दभमा आयोजीत शोकसभालाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो ।

सो सन्दर्भमा मुख्यमन्त्री पान्डेले जसको बिगत छ उसले बिगतको कुरा  गर्छ  भन्दै  प्रजातन्त्र ,गणतन्त्र ल्याउन आफ्ना रहर भुलेर जेननेल खाएका मान्छे काम छैन भन्ने प्रवृति बढिरहेको  भन्दै यसलाई चिर्न कांग्रेसीजन लाग्न समेत  उहाँले आग्रह गर्नुभयो । उहाँले वर्तमानमा सामाजीक सञ्जालमा समेत व्यापक चर्चा रहेको   सच्चिने कि सक्किने भन्ने विषय प्रति सक्कीसक्यो त भनेका छैनन् नी भन्दै कांग्रेसका नेता कार्यकताको  कार्यशैली ,बोल्नेकुरा ,जनता बिच गर्न कार्यहरु परिवर्तन गर्नुपर्ने विषय औल्याउनु भयो ।

नेपाली कांग्रेस र जनताका बिच संवादहिनको अवस्था आएकोले पछिल्लो समय यस्ता प्रवृति हावी भएको भन्नु हुदै उहाँले पार्टीका  कुरा  स्पण्ट जनता माझ लानुपर्नेमा जोड दिनुभयो  । नेपालको परिवर्तन  र विकासका क्षेत्रमा   कांग्रेसले धेरै गरेको बताउनु हुदै जनताको आर्थिक अबस्था उकास्ने कार्यहरु   काग्रेसले गर्न नसकेको स्विकार्नु भयो ।

May be an image of 1 person and smiling

यस्तै चितवन काग्रेस सभापति राजेश्वर खनालले जनताले,मतदाताले नेपाली कांग्रेसको बिकल्प नखोजेको तर कांग्रेसका नेता, कार्यकर्ताहरुको  व्यबहार र कार्यशैलीमा  परिवर्तन खोजेको बताउनुभयो ।

नेपाली कांग्रेस भरतपुर १८को आयोजनामा भएको सो  शोकसभा कार्यक्रममा कांंग्रेस चितवनका, पूर्व पार्टी सभापति तोपमान सिहं गुरुङ्ग. , महासमिति सदस्य दिर्घमान श्रेष्ठ , पार्टी जिल्ला सचिव धुव्र पोखरेल , कांग्रेस ३ का क्षेत्रिय सभापति लाल बहादुर दवाडी , नेविसंघ चितवनका निर्वतमान अध्यक्ष सूर्य ढकाल लगायतका नेताहरुले बोल्नु भएको थियो । नेपाली कांग्रेस  भरतपुर १२ का कृयाशिल सदस्य समेत रहनुभएको ठकुरी नेपालको प्रजातन्त्रीक आन्दोलनमा समेत उल्खेनिय भूमिका रहेको सो अवसरमा बोल्ने वक्ताहरुले बताउनु भएको छ ।

May be an image of 4 people

भरतपुर महानगर  निवर्तमान उपप्रमुख पार्वती शाह ठकुरीले आफ्नो राजनीतिक प्रेरणाको स्रोेत समेत वुवा रहेको बताउदै श्रद्धान्जली दिनुहुने सबै प्रति आभार प्रकट गर्नुभयो  । केहि समय देखि अस्वस्थ उहाँको वैशाख ७ गते भरतपुर १२ स्थित निवासमा निधन भएको थियो । उहाँको श्रीमती ,५ छोरी र १ छोरा रहनुभएको छ ।

यसैबिच भरतपुर १८ शशिनगर निवासी नेपाली कांग्रेस भरतपुर १८ का कृयाशिल सदस्य कमल तामको स्मृतिमा हिजो उहाँको निवासममा  कांग्रेस वडा समिति १८ले शोकसभा कार्यक्रम आयोजना  गरेको छ । नेपाली कांग्रेस चितवनका जिल्ला सदस्य अमर बहादुर तमाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सामाजीक क्षेत्रमा अग्रणी व्याक्तित्व तमाङ्गको ६३ वर्षको उमेरमा गत चैत्र २९ गते निधन भएको थियो । उहाँको निधनले पार्टीले अभिभावक गुमाएको सो शोकसभा कार्यक्रममा  प्रमुख अतिथी तमाङ्गे बताउनु भयो ।

​​​​​​​

भरतपुर १८ शशिनगर स्थित दिवंगत दुवै कृयाशिल सदस्यहरुको निवासमा आयोजित शोक सभा कार्यक्रम  कांग्रेस १८ का वडा सभापति रामकृण्ण पन्डितको अध्यक्षतामा सम्पन्न भएको थियो । दुवै  कार्यक्रमको कांगेस वडा १८ सचिव दिनेश तमाङ्गले सहजीककरण गर्नुभएको थियो ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...