3pl Addiction Helpline America addictionhelplineamerica

कम्बोडिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

खबर चितवन

खबर चितवन

चितवन,१९वैशाख । कम्बोडिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  चितवन राप्ती नगरपालिका-९ लालपुर स्थायी घर भई हाल भक्तपुर जगाती बस्ने ३१ वर्षीय राजु श्रेष्ठ पक्राउ परेका हुन् ।

उनले वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिने, कम्बोडिया जान प्रतिव्यक्ति सात लाख रुपैयाँ लाग्ने र कम्बोडिया पुगेपछि सेक्युरिटी गार्डको काम लगाईदिने मासिक एक लाख बढी तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा परी पिडितबाट पटक पटक गरी ७ लाख रुपैयाँ रकम लिई सम्पर्क विहिन भई ठगी गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले उनलाई वैशाख १९ गते काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...