3pl Addiction Helpline America addictionhelplineamerica

इन्डियन प्रिमियर लिग : बेंग्लोरसँग लखनउ पराजित

खबर चितवन

खबर चितवन

काठमाडौं,१९ वैशाख । इन्डियन प्रिमियर लिग(आइपीएल)मा रोयल च्यालेन्जर्स बेंग्लोरलले लखनउ सुपर जायन्ट्सलाई हराएको छ। घरेलु मैदान ऐकना स्टेडियममा लखनउ बेंग्लोरसँग १८ रनले पराजित भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । बेंग्लोरका लागि कप्तान फाफ डु प्लेसिसले ४० बलमा ४४ तथा विराट कोहलीले ३० बलमा ३१ रन बनाए दीनेश कात्र्तिकले १६ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बेंग्लोरले दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको लखनउले १९ दशमलब ५ ओभरमा अलआउट हुदै १ सय ८ रन मात्र बनायो । जोस हेजलवुड र कर्ण शर्माले समान २२ तथा मोहम्मद सिराज,ग्लेन म्याक्सवेल र वानिंदु हसरंगाले समान १/१ विकेट लिए ।

लखनउका लागि कृष्नपा गौथमले २३ तथा अमित मिश्राले १९ रन बनाए । मार्कस स्टोईनेस र नभिन उल हकले समान १३/१३ रन बनाए । लखनउका लागि नभिन उल हकले ३ तथा रवि बिश्नोइ र अमित मिश्राले समान २/२ विकेट लिए ।  नौ खेलमा पाँच जित तथा चार हार व्यहोरेको बेंग्लोर १० टोली सहभागी लिगको पाँचौं स्थानमा उक्लिएको छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...