Advertise here

हेर्नुहोस २०८० वैशाख १८ गते सोमबारको राशिफल

खबर चितवन

खबर चितवन

२०८० वैशाख १८ सोमवार ,१ मे २०२३। वैशाख शुक्ल एकादशी पञ्चाङ्ग: ध्रुव वणिज पूर्व , मोहिनी एकादशी व्रत/अन्तर्राष्ट्रिय श्रमिक दिवस

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूको लागि आज अध्ययन अध्यापनको क्षेत्र राम्रो रहन सक्छ भने परिक्षाहरु उत्तीर्ण गर्न सक्ने समय रहेको छ। बौद्धिक तथा रचनात्मक कार्य आज सफल रहन सक्छन्। व्यापार व्यवसाय तथा पेशा रोजगारीबाट सामान्य लाभ मिल्न सक्छ। पारिवारिक सम्बन्ध तथा प्रेम जीवन आज राम्रो रहन सक्छ भने शेयर बजारबाट सामान्य लाभ लिन सक्ने समय रहेको छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूको लागि आज छाती तथा पेटमा समस्या आउनाले महत्वपूर्ण काममा उचित ध्यान दिन सकिंदैन। आफन्तबाट असहयोग तथा साथीभाईबाट अविश्वास हुन सक्ने रहेकाले ध्यान दिनुपर्ने समय छ। प्रेम जीवन सामान्य रहन सक्छ। आमाको स्वास्थ्य कमजोर हुन सक्छ। शेयर बजारबाट आज लाभ मिल्न सक्ने सम्भावना एकदमै कम रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएकाहरूका लागि आज आफ्नो पराक्रम बढाउन सक्ने र दाजुभाईको सहयोग प्राप्त हुने समय छ। अध्ययनबाट पनि सफलता मिल्न सक्छ। व्यवसाय तथा काम गर्नेहरुले आज नाफा आर्जन गर्न सक्छन् । प्रेम सम्बन्धमा रहेकाहरुले आफ्नो प्रेमीलाई आफुप्रति विश्वास गर्ने वातावरण निर्माण गर्न सक्छन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशि भएकाहरूको लागि आज बोलीमा संयमता नअपनाउंदा काम बिग्रिन सक्ने भएकाले सतर्क हुन जरुरी छ। आफन्त तथा बन्धुबान्धवको सहयोग लिन सकिने समय छ। व्यवसाय तथा कार्यक्षेत्रबाट मध्यम लाभ हुने समय छ। पढाईमा विद्यार्थीले उचित ध्यान दिन सक्दा राम्रो प्रगति गर्न सक्छन्। पारिवारिक जीवनमा रमाइलो गर्ने तथा आफन्त भेट भएर मिष्ठान्न भोजन गर्ने समय छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि भएकाहरुका लागि आज आर्थिक कारोबारबाट नाफा, पारिवारिक खुसीको वातावरण रहनाले मन प्रसन्न रहन सक्ने समय छ। व्यापार व्यवसायबाट लाभ मिल्ने तथा रोजगारीमा पदप्रतिष्ठा तथा मानसम्मान बढ्न सक्ने समय छ। विद्यार्थीले परिक्षा उत्तीर्ण गर्न सक्छन् भने शेयर बजारमा कारोबार गर्नेहरुले राम्रो नाफा कमाउन सक्ने समय छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आजखर्च बढ्ने, अनावश्यक विवादमा फस्न सकिने, आफन्तसँग मनमुटाव हुन सक्ने, स्वास्थ्यमा कमजोरी देखा पर्न सक्ने रहेकाले ध्यान दिनुपर्ने समय छ। व्यस्तता बढ्नेछ भने आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज आम्दानी बढ्ने, शेयर बजारबाट लाभ मिल्न सक्ने, पहिले गरिएका कार्यहरु सफल हुन सक्ने समय छ। प्रेम तथा पारिवारिक जीवनमा विश्वासको वातावरण बन्न सक्छ भने रमाइलो छोटो यात्रा पनि हुन सक्छ । पहिले रहेका विवादहरु आज समाधान हुन सक्छन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूको लागि आज कार्यक्षेत्रमा पदप्रतिष्ठा तथा मानसम्मान प्राप्त हुने योग छ। राज्य तथा प्रशासनिक क्षेत्रमा रोकिएका कामहरु आज सफल हुन सक्छन्। व्यवसाय गर्नेहरुले आज क्षेत्र विस्तार वा थप लगानी गर्न सक्छन्। प्रेम जीवनमा रमाइलो यात्रा हुन सक्छ भने पारिवारिक सम्बन्ध सुमधुर रहन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि भएकाहरूको लागि आज धार्मिक तथा सामाजिक क्षेत्रमा काम गर्नेहरुले आज राम्रो प्रगति गर्न सक्छन्। विवादमा परिन सक्ने भएकाले ध्यान दिनुपर्छ। छिटो निर्णय लिंदा फुर्सदमा पछुताउनु पर्ने हुन सक्ने भएकाले सोचविचार गरेर निर्णय लिंदा राम्रो होला। पढाईको क्षेत्र मध्यम रहन सक्छ भने पारिवारिक तथा प्रेम जीवन पनि राम्रै रहन सक्ने समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज दुर्घटना तथा चोटपटक लाग्न सक्ने भएकाले सतर्क हुन आवश्यक छ। व्यवसायमा प्रतिस्पर्धी हावी हुनाले समस्यामा पर्न सकिन्छ। काममा सहकर्मीले विवाद उत्पन्न गर्न सक्छन्। आज विद्यार्थीले पढाईमा उचित ध्यान दिन सक्दैनन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशि भएकाहरूको लागि आज आम्दानी बढ्न सक्छ । बोलीको भरमा काम बन्न सक्ने योग छ। पहिले गरिएका कार्यहरु आज सफल हुन सक्छन्। प्रेम जीवनमा रमाइलो गर्ने वातवरण बन्न सक्छ भने वैवाहिक जीवनमा पति पत्नीबीच माया बढ्नेछ। शेयर बजारमा कारोबार गर्नेहरुले नाफा आर्जन गर्न सक्ने समय छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीनराशि भएकाहरूको लागि आज नयाँ कामको सुरुवात गर्नको लागि उचित वातावरण बन्न सक्ने दिन रहेको छ। प्राविधिक तथा चिकित्सातिर काम गर्ने व्यक्तिहरुले राम्रो सफलता प्राप्त गर्न सक्छन्। प्रेम तथा पारिवारिक जीवन पनि आज सुखमय रहन सक्छ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

काठमाडौं । ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडिओहरू प्रशस्त आउने गरेका छन्। विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल,...

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

काठमाडौँ । नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६...

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

चितवन । नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म...