Advertise here

प्रधानमन्त्री प्रचण्डद्धारा मौलाकालिका केबलकारको औपचारिक उद्घाटन

खबर चितवन

खबर चितवन

gjnk'/, !* j}zfvM df}nfsfnL s]ansf/ ;df/f]x pb3f6g k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú ;f]daf/ gjnk/f;L -ab{3f6–;':tfk"j{_sf] u}F8fsf]6df ;~rfngdf cfPsf] df}nfsfnL s]ansf/ ;df/f]x pb3f6g ug'{x'Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

चितवन,१८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उद्घाटन गरेसँगै मौलाकालिका केबलकार औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

सोमबार प्रधानमन्त्री प्रचण्डले आइएमइ ग्रुपले मौलाकालिका मन्दिर र स्थानीय साझेदारसँगको सहकार्यमा संचालनमा ल्याएको केबलकार उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा विभिन्न क्षेत्रका उच्चपदस्थ व्यक्तित्वहरूको उपस्थिति थियो।

नवलपुर जिल्लाको गैँडाकोट-१ मा निर्माण सम्पन्न मौलाकाली केबुलकार तस्बिरः सनद

नवलपुर जिल्लाको गैडाकोट १ मा निर्माण सम्पन्न केवलकार यही वैशाख १ गते नयाँ वर्षका अवसरमा परीक्षण सञ्चालन भएको थियो । तर, औपचारिक रुपमा उद्घाटन भने आज प्रधानमन्त्री प्रचण्डले गरेका हुन् ।

यस्तै उद्घाटन समारोमा आर्थिक वृद्धि र रोजगारी सृजनामा निजी क्षेत्रको भूमिका ठूलो रहेको बताउँदै प्रचण्डले भने,’शिथिल अर्थतन्त्रलाई उकास्न मौलाकालिका जस्ता पर्यटकीय पूर्वाधारको महत्व रहन्छ । सरकार निजी क्षेत्रलाई सहजीकरण गर्न प्रतिबद्ध छ ।’

पछिल्लो समय चितवन, तनहुँ र नवलपुर जिल्ला पर्यटकीय हब बन्दै गएको छ । यस क्षेत्रलाई आर्थिक सम्मृद्धिको क्षेत्रको रुपमा विकास गर्नुपर्ने उनको भनाइ छ ।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

काठमाडौं । ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडिओहरू प्रशस्त आउने गरेका छन्। विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल,...

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

काठमाडौँ । नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६...

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

चितवन । नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म...