ईभरग्रिन ईको क्लब को आयोजनामा “फोहोर ब्यबस्थापन तथा लामखुट्टे रोकथाम” सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

खबर चितवन

खबर चितवन

भरतपुर,१८ बैशाख । ईभरग्रिन ईको क्लब को आयोजनामा भरतपुर म.न.पा. वडा नं ४ को सभा हलमा “फोहोर ब्यबस्थापन तथा लामखुट्टे रोकथाम” सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
May be an image of 1 person, studying and text
भरतपुर-४ का वडा सदस्य  बिजय सापकोटाको प्रमुख आतिथ्यता,क्लबका अध्यक्ष बिमल सुबेदीको सभापतित्व,बैकुण्ठ टोल सुधार समितीका अध्यक्ष नारायणराज सापकोटा साथै उक्त टोल सुधार समितीका पदाधिकारी, स्थानियबासी र क्लबका सदस्यहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
May be an image of 4 people, people studying and text
प्रथम प्रस्तुति “फोहोर ब्यबस्थापन” शिर्षकमा क्लबका अध्यक्ष बिमल सुबेदीको रहेको थियो भने दोश्रो प्रस्तुति क्लबकी उपाध्यक्ष डिनिषा घिमिरेको “लामखुट्टे रोकथाम” शिर्षकमा रहेको थियो । उक्त प्रस्तुतिहरुमा फोहोरलाई घरमै कम्पोस्ट बनाएर साथै प्लास्टिक, टिनका डिब्बाहरुलाई जम्मा गरेर कवाडीका मार्फत पुनः प्रशोधन गर्ने उधोगहरुसम्म पुर्याएर फोहोर ब्यबस्थापन गर्न सकिन्छ र लामखुट्टेको टोकाईबाट बच्नका लागी हाम्रो घर-टोल छिमेकमा सरसफाई गर्ने, पानि जम्न नदिई लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्छ भन्ने सन्देश प्रदान गरीएको थियो ।
May be an image of 7 people, people smiling and hospital
कार्यक्रमका सहभागिहरुमालाई प्रस्तुतिकै बिषयहरुको प्रश्न सोधेर सहि उत्तर मिलाउनुहुने सहभागिलाई डस्टबिन, लामखुट्टे झुल र लेमन-ग्रासको बिरुवा पुरस्कार स्वरुप प्रदान गरिएको थियो । साथै, वडा ४ कार्यालय वरपर र बैकुण्ठ टोलको सडक छेउछाउको फोहोर टिपेर सरसफाई पनि गरिएको थियो ।
May be an image of 3 people and text
कार्यक्रमका सभापति सुबेदीले कार्यक्रममा साथ दिनुहुने  भरतपुर म.न.पा. वडा नं ४ तथा  बैकुण्ठ टोल सुधार समितीका सम्पूर्ण पदाधिकारी, स्थानियबासी र क्लबसँगै हातेमालो गर्दै आउनुभएका क्लबका सम्पुर्ण सदस्यरूलाई धन्यबाद व्यक्त गर्नुको,आउदा दिनहरुमा पनि वातावरण तथा प्रकृती संरक्षणका यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता गर्नु भयो ।
No photo description available.
कार्यक्रममा क्लबका सदस्य सुजन थपालियाले क्लबको परिचय र स्वागत मन्तब्य राख्नु भएको थियो भने क्लबका सचिव शालिकराम पाठकले सहजिकरण गर्नु भएको थियो ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...