3pl Addiction Helpline America addictionhelplineamerica

हेर्नुहोस २०८० वैशाख १७ गते आइतबारको राशिफल

खबर चितवन

खबर चितवन

२०८० साल वैशाख १७ आइतवार ,३० अप्रिल २०२३। वैशाख शुक्ल दशमी पञ्चाङ्ग: वृद्धि तैतल मघा

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि हुनेहरुको लागि आज पढाईमा उचित ध्यान दिंदा विद्यार्थीले राम्रो परिणाम प्राप्त गर्न सक्छन् भने प्रेम तथा पारिवारिक जीवन पनि आज राम्रो रहन सक्छ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। आफन्तसँग मनमुटाव हुन सक्छ । यात्रा गर्दा विशेष सतर्क हुनुपर्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज छाती दुख्ने तथा पाचनप्रणालीमा गडबडी आउँन सक्छ। सवारी साधनबाट चोट लाग्न सक्ने सम्भावना रहेकाले प्रयोग गर्दा ध्यान दिनुहोला। प्रेम जीवनमा अविश्वास देखा पर्न सक्छ।  प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुँदा समयमा काम सकाउन मुस्किल पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएकाहरूका लागि आज पहिले गरेको कामबाट राम्रो फाइदा हुन सक्छ। साथीभाई तथा आफन्तको आर्थिक तथा भौतिक सहयोग मिल्न सक्छ। शेयर बजारबाट पनि आज फाइदा लिन सकिने समय रहेको छ। विद्यार्थीले पढाई तथा परिक्षाबाट राम्रो नतिजा हात पार्न सक्ने समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कटभएकाहरूका लागि आज अध्ययन तथा अनुसन्धानको क्षेत्रमा सफलता मिल्नुका साथै परिक्षा उत्तीर्ण गर्न सक्ने समय छ । सानासाना कामबाट प्रशस्त आम्दानी हुने हुनाले व्यवसायमा थप लगानी गर्ने वातावरण बन्नेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि भएकाहरुका लागि आज व्यवसाय तथा कामको लागि आजको दिन राम्रो रहेको छ।  पठनपाठनमा प्रगतिका साथै आजको परिक्षा उत्तीर्ण गर्न सक्ने योग छ। मिठो भोजनका साथै पारिवारिक भेटघाटले मन प्रशन्न रहन सक्छ। प्रेम तथा पारिवारिक जीवन आज राम्रो रहन सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज व्यापार व्यावसायमा लगानी अनुसारको नाफा कमाउन कठिन हुन सक्छ  । काममा सहकर्मीबाट हुन सक्छ।  विद्यार्थीले राम्रो नतिजाको लागि धेरै मेहनत गर्नुपर्ने समय छ। प्रेम तथा पारिवारिक जीवनमा केहि असमझदारी आउन सक्ने भएकाले ध्यान दिंदा राम्रो हुन्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज समयमा काम बन्ने हुनाले अन्य क्षेत्रमा लगानी गर्ने वातावरण बन्नेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ भने व्यवसायिक यात्रा हुन सक्छ । अध्ययनको क्षेत्र राम्रो रहनुका साथै परिक्षा उत्तीर्ण गर्ने समय छ । स्वास्थ्य राम्रो रहनुका साथै प्रेम तथा पारिवारिक जीवन पनि सुखमय रहन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज व्यापार व्यवसाय गर्नेहरुले आज राम्रो सफलता प्राप्त गर्न सक्ने योग छ भने रोकिएका लेनदेनहरु पनि आज मिल्न सक्छ। प्रेम तथा पारिवारिक सम्बन्ध तथा स्वास्थ्य आज राम्रो रहन सक्छ। शेयर बजारबाट पनि नाफा हुन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि भएकाहरूका लागि आज कामको कारण यात्रा धेरै गर्नुपर्ने हुन सक्छ। स्वास्थ्यमा केहि कमजोरी देखा पर्न सक्ने भएकाले ध्यान दिनुहोला। आर्थिक तथा व्यवसायिक क्षेत्रबाट सामान्य लाभ लिन सकिन्छ। प्रेम तथा पारिवारिक जीवन राम्रो रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज मेहनत अनुसारको परिणाम नमिल्नाले मन खिन्न रहन सक्छ। अनावश्यक तथा विना प्रयोजनको यात्रा गर्नुपर्ने हुन सक्छ। वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिन्छ। स्वास्थ्यमा पेट तथा टाउको दुख्ने समस्या हुन सक्छ। पढाईमा उचित ध्यान दिन नसक्दा परिणाम राम्रो नआउँन सक्ने भएकाले ध्यान दिनुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशि हुनेहरुको लागि आज सुरु गरिएका कामबाट सोचेजस्तो आम्दानी हुन सक्छ । नयाँ काम पाइने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको सम्भावना छ । राजनीति तथा समाजसेवामा राम्रो पद प्राप्तिको योग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिएको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीन राशि भएकाहरूका लागि आज नयाँ कामको सुरुवात तथा नयाँ लगानीको लागि आज समय राम्रो रहन सक्छ। अध्ययन अध्यापनमा आज उचित समय दिन सकिनेछ र त्यसबाट राम्रो परिणाम आउनेछ। प्रेम तथा पारिवारिक जीवनमा रहेका समस्याहरु समाधान हुनेछन्।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...