चनौली,१६ बैशाख । सोच परिवर्तन नेपालले आपनो दोर्सो गौरवमय वार्षिक उत्सवको अबसरमा आज तेस्रो दिन चनौली चौतारीमा रहेको नेपालको झण्डा फेरेको छ ।
वृक्षारोपण कार्यक्रमबाट आफ्नो दोस्रो वार्षिक उत्सब सुरुवात गरेको संस्था सोच परिवर्तन नेपालले आफ्नो कार्यक्रमलाई निरन्तरता दिदै आज पश्चिम चितवनको मुटु चनौली बजारको मुलचोकमा रहेको पुरानो झन्डा हटाइ नयाँ नेपालको झन्डा सोहि स्थानमा राखेको छ ।
स्थापना कालदेखि नै विभिन्न सामाजिक काम गर्दै आएको यस संस्था सोच परिवर्तन नेपालले आफ्नो वार्षिक उत्सवमा एक सप्ताह कार्यक्रम गरी आफ्नो वार्षिक उत्सवलाई अझै भव्य बनाउदै छ ।
आजको कार्यक्रमलाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रा.लिले सहयोग गरेको थियो भने कार्यक्रमलाई सफल बनाउनका लागि चनौली बजारका स्थानीयहरुले सहजीकरण गरेका थिए ।
Post Views: 438
Discussion about this post