काठमाडौं,१७ वैशाख । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा बदली रहेको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भू–भागका केही तथा तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ ।प्रि–मनसुन सक्रिय रहेकाले मेघ गर्जन र चट्याङसहित वर्षा भएको र यो क्रम केही दिन जारी रहने मौसमविद्को भनाइ छ।
Post Views: 173
Discussion about this post