कार दुर्घटना हुँदा सिन्धुलीमा दुईको मृत्यु,१जना गम्भीर घाइते

खबर चितवन

खबर चितवन

सिन्धुली,१७ वैशाख । सिन्धुलीमा आज बिहान भएको कार दुर्घटना दुईको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको  कार दुर्घटनामा परेको हो ।

दुर्घटना बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ पीपलभञ्ज्याङ नजिक बा ८ च ९१३५ नम्बरको कार अनियन्त्रित भई उक्त ठाउँमा सडकबाट अन्दाजी २० मिटर तल भीरमा खसेको थियो ।

कारमा सवार तीन जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा झापा चारपानेका ४३ वर्षीय कुमार पुरी र साबिक सिन्धुली कपिलाकोटका साहारा प्रसाईँ रहेका छन् । प्युठानका  योगेन्द्र थापा गम्भीर घाइते भएका छन् । थापाको थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

Continue Reading

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

काठमाडौं । बिहीबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ...

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका

सोलुखुम्बु । सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठुलो बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ भने...

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी भाद्र ९, १० र ११ गते विहान ११...