काठमाडौं,१७ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटललाई ९ रनले हराउँदै सनराइजर्स हैदराबादले जितेको छ ।
दिल्लीको घरेलु अरुण जेट्ली क्रिकेट स्टेडियममा शनिबार राती सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो । हैदराबादका लागि अभिषेक शर्माले ६७ तथा हेन्रिच क्लासेनले अविजित ५३ रन बनाए ।दिल्लीका लागि मिचेल मार्शले ४ तथा इशान्त शर्मा र अक्षर पटेलले समान १/१ विकेट लिए ।
जवाफी ब्याटिङ गर्दै दिल्लीले ६ विकेटको क्षतिमा १८८ रनमात्र बनायो ।उसका लागि फिलिप साल्टले ५९ , मिचेल मार्शले ६३ रन बनाएको थियो ।हैदराबादका लागि मयंक मार्कन्डेले २, अभिषेक शर्मा, भुवनेश्वर कुमार, अकिल हुसेन र टी नटराजनले १/१ विकेट लिए ।
जीतसँगै हैदराबाद अंकतालिकाको आठौं स्थानमा उक्लिएको छ । भने दिल्ली पुछारमा रहेको छ ।
Discussion about this post