3pl Addiction Helpline America addictionhelplineamerica

हेर्नुहोस २०८० वैशाख १६ गते शनिबारको राशिफल

खबर चितवन

खबर चितवन

१६ वैशाख २०८०, २९ अप्रिल २०२३ शनिवार । वैशाख शुक्ल नवमी पञ्चाङ्ग: गण्ड कौलव अश्लेषा , सीता नवमी व्रत/विश्व नृत्य दिवस

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूका आज  व्यापार व्यवसायमा लगानी गर्नको लागि उचित समय छैन । आर्थिक व्यवस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगी बिचमा नै अवरुद्ध हुन सक्छन्, ध्यान दिनुहोला । प्रेममा अविश्वास तथा धोका हुने सम्भावना रहेकोछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । भौतिक सम्पति प्राप्तिको योग रहेकोछ । साथीभाईसँग भेटघाट र  माया प्रेममा आत्मीयता बढ्नेछ। विद्यार्थीहरुले अध्ययनमा सफलता पाउनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएकाहरूका लागि आज व्यापार व्यवसायमा समय दिन सकिने छैन भने सोचे जस्तो आम्दानी नहुदा दैनिक खर्चको लागि समस्या हुन सक्छ। समय प्रतिकुल बन्नेछ भने आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । लामो दुरिको यात्रामा पनि समस्या हुने देखिएको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज कर्कट राशिका लागि आज आफन्त तथा साथीभाईबाट सहयोग प्राप्त हुनेछ । प्रतिष्पर्धिहरुलाई हराउँदै सकारात्मक नतिजा हात पार्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानिबाट यथेष्ट लाभ लिन सकिनेछ ।  प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि भएकाहरुका लागि आज विवाद तथा प्रतिष्पर्धामा आज भाग नलिनुहोला । व्यापार व्यवसायमा गरिएको लगानीबाट नाफा कमाउन निकै संघर्ष गर्नुपर्ला । विद्यामा सोचेजस्तो प्रगति गर्न धेरै समय दिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज विभिन्न अवसरहरु आउने हुँदा त्यसलाई प्रयोग गरी मनग्ने आम्दानी गर्न सकिनेछ । पढाई लेखामा सोचेजस्तै प्रगति हुनेछ। छोटो तथा रमाईलो यात्राको सम्भावना रहेको छ भने व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जानेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज दाजुभाई तथा छिमेकीसँग पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भविष्यमा विवाद सिर्जना हुन सक्छ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ ध्यान दिनुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज साथीभाई तथा आफन्तबाट विश्वासघात तथा धोका हुनेछ भने स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । राज्य पक्षबाट अनावश्यक झै झमेला आईलाग्न सक्छ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि आज विद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुँनेछ । समयमा काम नबन्ने तथा बनेको काम बिग्रने हुँदा मनमा निरासा पैदा हुँनेछ । व्यवसायमा लगानी गरेपनि आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । प्रेम जीवनमा पनि असमझदारी आउन सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । घर परिवारमा सुखद् समाचारले थप उत्साह जगाउनेछ । विभिन्न किसिमका भौतिक लाभ हुने  योग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि आज धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा तपाईकै वर्चस्व रहनेछ । व्यापार व्यवसायमा साथीभाई तथा आफन्तको सहयोग हुनेछ । नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज स्वास्थ्यमा सुधार आउन सक्छ । व्यापार व्यवसायमा नाफा कमाउन सकिनेछ । दाजुभाई तथा साथीहरुसँग राम्रो सम्बन्ध बन्न सक्छ । तपाईको काममा रहेका बाधा तथा अवरोधहरु हट्नेछन् ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...