माडी,१६ वैशाख । पूर्वी माडीको कृष्णनगरमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । हिजो(शुक्रबार) दिउँसो गोरु र भैंसी चराउन गएका उनलाई बाघले आक्रमण गरेको हो ।
माडी नगरपालिका ९ स्थित कृष्णनगर माध्यमिक विद्यालयको पोखरी छेउमा बाघको आक्रमणबाट धादिङ गजुरी घर भई माडीमा अस्थायी बसोबासी रहेका अन्दाजी ६० वर्षीय वीरबहादुर बल घाइते भएका हुन् ।बाघ संग लडेर बाँच्न सफल उनको छाती र पाखुरामा चोट लागेको छ ।
Post Views: 380
Discussion about this post