काठमाडौँ,१६ वैशाख । पछिल्लो २४ घण्टामा देशभर थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक हजार दुई सय ३८ नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज उपचारका क्रममा एक जनाको मृत्यु भएको छ ।यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ३० पुगेको छ।
हाल देशभर ३६१ सक्रिय संक्रमित रहेका छन् भने पछिल्लो २४ घण्टामा ३५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।यस्तै हाल संस्थागत आईसोलेसनमा २७ जना, आईसीयूमा ८ जना र एकजना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
Post Views: 236
Discussion about this post