काठमाडौँ,१६ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत शनिबार भएको खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ ।
ईडन गार्डेन्समा क्रिकेट स्टेडियममा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७९ रन बनाएको थियो । कोलकाता लागि रमन्नुलाह गुर्बाजले ३९ बलमा ७ छक्का र ५ चौका प्रहार गरी ८१ रनको योगदान गरे ।त्यस्तै आन्द्रे रसेलले ३४, रिंकु सिंह र नारायण जगदेशनले १९–१९ रन बनाए । गुजरातका मोहम्मद सामीले ३, जोस लिटल र नुर अहमदले २–२ विकेट लिए ।
जवाफी ब्याटिङ गर्दै गुजरातले १३ बल बाँकी छँदै ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।उसका लागि विजय शंकरले अविजित ५१, शुभमन गिलले ४९, डेभिड मिलरले अविजित ३२, हार्दिक पाण्डेयले २६ रन बनाए ।
Post Views: 247
Discussion about this post