3pl Addiction Helpline America addictionhelplineamerica

पश्चिम चितवनमा नमुना बन्दै राष्ट्रिय मा.वि शोसी

खबर चितवन

खबर चितवन

 पुनम मगर,शोसी १५ बैशाख । राष्ट्रिय मा. वि शोसी अभिभावक र विद्यार्थीको रोजाइमा परेको छ । पश्चिम चितवन भरतपुर २५ मा रहेको राष्ट्रिय मा.वि शोसीमा नयाँ भर्ना खुले संगै विद्यार्थीको चाप बढि रहेको छ ।

अंग्रेजी माध्यमबाट पनि पढाइ हुने भएकै कारण सस्थागत स्कुलको विकल्पको रुपमा चिनिदै छ शोसी । भरतपुर २५ अन्तर्गतका ५ वटा सामुदायिक विद्यालय र २ वटा सस्थागत विद्यालय लाइ पछि पार्दै नमुना विद्यालय बनेको छ ।

वि.स २०२४ साल मा स्थापन भएको विद्यालयमा वि। स २०६४ / ०६५ मा विद्यालयमा विद्यार्थी सख्या ९० जना मात्रै रहदा विद्यालय मर्च हुने अवस्थामा पुगेको थियो । वि.स २०६८/०६९ मा विद्यालयले नर्सरी देखि नै अंग्रेजी माध्यममा पठनपाठन सुरु गर्यो ।

दरबन्दी अपुगका कारण विद्यालयले निजि स्रोतका लागि शिक्षक राख्नको लागि समुदायका ब्यक्ति,व्यवस्थापन समितिका सदस्यहरु, अभिभावक ,शिक्षक सबै मिली चन्दा उठाउदै,देउसी भैलो खेल्दै शिक्षक राख्न सुरु गर्यो । अभिभावक,शिक्षक,वयवस्थापन समिति,स्थानीयको १२ बर्षको संघर्ष पछि अंतत विद्यालयको मुहार फेरिएको छ ।

वि.स २०७३ साल देखि ९ र १० कक्षा सन्चालनमा ल्याएको विद्यालयमा हाल ६०० भन्दा माथीको हाराहारीमा विद्यार्थीहरु रहेका छन् । भरतपुर महानगर पालिका अन्तर्गत बाल कक्षा इ सि डी अन्तर्गत धेरै विद्यार्थी हुने मध्य एक ठुलो विद्यालय पनि हो शोसी । अहिले बाल कक्षामा मात्रै १५० जना विद्यार्थीहरु रहेका छन् ।

यो बर्ष विद्यालयले आफ्नो वडाका विद्यार्थी मात्र नभई छिमेकी वडा भरतपुर २४,२७ र २० का विद्यार्थीहरुलाइ विद्यालय सम्म ल्याउने वाताबरण मिलाउदै नयाँ भर्ना अभियानलाइ ल्याएको बताउनु हुर्दै पठनपाठन सुरु भइ सक्दा पनि नयाँ भर्ना आउने क्रम जारी रहेको बताउनु हुन्छ विद्यालयका प्र.अ मैतसिंह तामाङ ।

भरतपुर प्रमुख रेनु दाहाल र नगर शिक्षा प्रमुख महेन्द्र प्रसाद पौडेलको सल्लाह सुझाव र सहयोग बाट पनि विद्यालयको प्रगति भएको र प्रदेश सरकार बाट पनि सहयोग हुँदा भौतिक संरचनामा सुधार आएको प्र.अ तामाङले बताउनु भयो । विद्यार्थीहरुको लागी खेलकुद,स्काउट,आर्ट ,योगा,नृत्य,कराते अङ्ग्रेजी भाषा सिकाइ कक्षा संचालनमा ल्याउने भावी योजना रहेको बनाएको विद्यालय अध्यक्ष विश्व नाथ चौधरीले बतायनु भयो ।

नजिकका अन्य सामुदायिक विद्यालयहरुले पनि अहिले शोसीको अनुकरण गर्न लागेको बताउनु हुन्छ अध्यक्ष चौधरी । शान्त वाताबरणमा रहेको विद्यालय झट्ट हेर्दा निकै आकर्षक देखिने भौतिक संरचनाले पुर्ण छ । अहिले विद्यालयले अङ्ग्रेजी माध्यममा शिक्षा प्रदान गर्दै आएको छ ।

प्राविधिक मैत्री बनाउदै प्रोजेक्टरको माध्यम बाट पनि पठनपाठन गराइ रहेको छ ।नि स्शुल्क रुपमा बिदेशी पाहुना द्वारा अङ्ग्रेजी भाषाको सिकाइ पनि गरिन्छ ।कक्षा ६ देखि १० सम्म सिसि टि भि जडान गरिएको छ ।पुस्तकालय कम्प्युटर ल्याब,गणित ल्याब,बिज्ञान प्रयोगशाला पनी रहेको छ ।

विद्यालयले अभिभावकको सल्लाह अनुसार नै आफ्नै व्यवस्थापनमा स्कुल बसको व्यवस्था गरेको चार बर्ष भइ सकेको छ ।विद्यालयले बार्षिक रुपमा ४ वटा परिक्षा लिर्दै आइरहेको छ । परिक्षा पछि त्रिपक्षीय रुपमा नतीजाको छलफल मुल्यांकन विश्लेषण गर्दै आइ रहेको छ ।

विद्यालयका शिक्षक,कर्मचारी,समितिका सदस्यहरुका बालबच्चालाइ सबैले आफ्नै विद्यालयमा पढाएका छन् । हाल विद्यालयमा २६ जना शिक्षक र ४ जना कर्मचारी रहेका छन् ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...