काठमाडौं,१५ वैशाख । पछिल्लो २४ घण्टामा देशभर थप १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक हजार ९२५ नमुना परीक्षण गर्दा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ६२७ जनाको पीसीआर परीक्षणबाट ५० तथा १ हजार २९८ जनाको एन्टिजेन परीक्षणबाट ५३ गरी जम्मा १०३ जना संक्रमित थपिएका हुन् । योसँगै हाल देशभर ३७५ सक्रिय संक्रमित रहेका छन् भने पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल संस्थागत आईसोलेसनमा २६ जना, आईसीयूमा ८ जना र एकजना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
Post Views: 296
Discussion about this post