काठमाडौं,१५ वैशाख । शुक्रबार नेपाली बजारमा सुन तोलामा ५०० रुपैयाँले घटेको छ ।हिजो बिहिबार छापावाला सुन प्रतितोला एक लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार ५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन प्रतितोला एक लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी पाँच रूपैयाँ घटेर एक हजार ४१० रूपैयाँका कारोबार भइरहेको महासंघले जनाएको छ ।
Post Views: 204
Discussion about this post