3pl Addiction Helpline America addictionhelplineamerica

इन्डियन प्रिमियर लिग : चेन्नाईलाई राजस्थानले ३२ रनले हरायो

खबर चितवन

खबर चितवन

काठमाडौं,१५ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत बिहीवार राति भएको खेलमा चेन्नई सुपर किंग्सलाई ३२ रनले हराउँदै राजस्थान रोयल्सले जित निकालेको छ ।

राजस्थानको घरेलु सवाईमान सिंह क्रिकेट स्टेडियममा गएराति सम्पन्न खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रन बनाएको थियो । उसका लागि यशस्वी जायसवालले ४३ बलमा सबैभन्दा बढी ७७ रन बनाए ।यस्तै ध्रुव जुरेलले ३४,जोस बटलरले २७,कप्तान सञ्जु सामसन १७ रन बनाए ।चेन्नई सुपर किंग्सका तुषार देशपाण्डेले २ विकेट लिए ।

जवाफी ब्याटिङ गर्दै चेन्नईले ६ विकेटको क्षतिमा १७० रनमात्र बनाउन सक्यो । चेन्नईका लागि ऋतुराज गायकवाडले उत्कृष्ट ब्याटिङ गर्दै २९ बलमा ४७ रन बनाए ।यस्तै शिवम दुबेले ५२,अजिंक्य रहाणेले १३,रविन्द्र जडेजाले २३ रन बनाएर अविजित रहे ।

राजस्थानका लागि एडम जाम्पाले सर्वाधिक ३ विकेट लिए यस्तै आर अश्विनले दुई विकेट लिए । जितसँगै राजस्थान अंक तालिकाको पहिलो स्थानमा पुग्न सफल भएको छ भने चेन्नाई पहिलो स्थानबाट तेस्रो स्थानमा झरेको छ ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...