ईन्डियन प्रिमियर लिग : कोलकत्तासँग बेंग्लोर पराजित

खबर चितवन

खबर चितवन

काठमाडौं,१४ वैशाख । ईन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकत्ता नाईट राईडर्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई २१ रनले हराएको छ ।बुधबार राती  घरेलु एम चेन्नास्वामी क्रिकेट स्टेडियममा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनाएको थियो ।

कोलकत्ताका लागि ओपनर जेसन रोयले ५६ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । यस्तै कप्तान नितिश राणाले ४८,वैंकटेश अय्यर, नारायण जगदीशनले, रिंकु सिंहले १८ र डेविड भिसेले १२ बलमा २ छक्कासहित अविजित १२ रन बनाएका थिए । बैंग्लोर लागि विजयकुमार वैशाक, वानिन्दु हसरंगाले २/२ र मोहम्मद सिराजले १ विकेट लिए ।

जवाफि व्यटिङमा उत्रिएको बेंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७९ रन मात्र बनायो । बेंग्लोरका लागि कप्तान विराट कोहलीले ३७ बलमा ६ चौकाको सहयोगमा ५४ रन बनाए ।यस्तै महिपाल लोमरले ३४, दिनेश कार्तिकले २२, फाफ डु प्लेसिसले १७ र सुयश प्रभुदेसाईले १० रन जोडे । विजयकुमार वैशाक १३ र डेविड विलीले ११ रनमा अविजित रहे ।

कोलकाताका लागि वरुण चक्रवर्तीले ३, आन्द्रे रसेल र सुयश शर्माले २/२ विकेट हात पारे ।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...