Advertise here

हेर्नुहोस २०८० वैशाख १३ गते बुधबारको राशिफल

खबर चितवन

खबर चितवन

१३ वैशाख २०८०, बुधवार वैशाख शुक्ल षष्ठी पञ्चाङ्ग: सुकर्मा तैतल पुनर्वसु , विश्व बौद्धिक सम्पत्ति दिवस

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूका आज  प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साझेदारीबाट पनि लाभ मिल्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज अनायासै शरीर कमजोर बन्नाले चिताएको काममा जुट्न नसकिएला । साथ दिनेहरू नहुँदा दु:ख पाइनेछ । बाध्यताले अप्ठ्यारो पार्न सक्छ । सामान्य काममा धन र श्रम खर्च हुनेछ । आफ्नो गोपनीयता भंग हुनाले समस्यामा परिनेछ । सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज मिथुन राशि भएकाहरूका लागि आज केही चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईश्र्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता प्राप्त हुनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज कर्कट राशिका लागि आज कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला । राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ला । अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ । अध्ययनका लागि आजको दिन त्यति उपलब्धिमूलक नभए पनि व्यावसायिक कर्मले गति लिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज सिंह राशि भएकाहरूका लागि आज दिन निकै रमाइलो र उत्साहवर्धक रहनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ । नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन् । प्रेमको बन्धन कसिनेछ । कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ । विशेष योजना तत्काल सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउनेछ । साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज बोलीको गलत अर्थ लाग्नाले मान–सम्मानमा आघात पुग्ने सम्भावना छ । विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला । आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला । फजुल खर्चले चिन्ता बढाउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउनेछ । काममा केही विलम्ब हुन सक्छ । आफ्नैबाट टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ । अरूको विश्वास गर्दा धोका होला । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । बसाइको स्थानान्तरण वा यात्रा सम्भावना छ । अवसरका लागि गरिएको प्रयत्न व्यर्थ हुन सक्छ, सजग रहनुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि भएकाहरूका लागि आज दिगो फाइदा हुने योजना बन्न सक्छ । आफूलाई लाभ नभए पनि सानो प्रयत्न गर्दा सामाजिक काम बन्नेछ । अवसरवादीहरूबाट सजग रहँदै गोपनीयतामा ध्यान पुर्याउनुहोला । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशि भएकाहरूका लागि आज खाने पिउने मामलामा ज्यादै ख्याल गर्नु होला । पेट गड्बडीको सम्भावना बलियो छ । तपाईंका शत्रू जुनसुकै प्रकारले काम बिगारिदिने प्रयासमा छन् । आज खर्च गरेका, लगानी गरेका कामको भविष्य राम्रो छैन । काम शुरु नगर्नु नै बेस ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यले साथ नदिन पनि सक्छ । आकस्मिक रोगले दु:ख दिने हुनाले खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

‘बाई बाई सुगर’को भर पर्दा सास्ती पाएपछि गण्डकी प्रदेशका पूर्वमन्त्री सिआइबीको शरणमा

काठमाडौं । ‘मधुमेह चट’ हुने भन्दै हिजोआज सामाजिक सञ्जाल फेसबुकतिर भिडिओहरू प्रशस्त आउने गरेका छन्। विभिन्न कम्पनीका नाममा आयुर्वेदिक क्याप्सुल,...

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

महिला एशिया कपमा नेपालको विजयी शुरुवात, युएईमाथि ६ विकेटको जित

काठमाडौँ । नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६...

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत

चितवन । नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म...