शारदानगर,१३ वैशाख । पश्चिम चितवनको भरतपुर महानगरपालिका-१९ मा रहेको राइनो ल्याण पार्टी प्यालेसमा एक कार्यक्रमको बिच सत्य वचन परम इश्वरिय मार्गदर्शन,सामाजिक सस्था भरतपुर-१९ बखानपुर शारदानगरको आयोजनामा १ दिने शिक्षा कार्यक्रम सम्पन्न भएको छ।
कुनै पनि धर्म परिवर्तन नभई व्यक्तिको सोच,समुदाय र समाजलाइ सकारात्मक रुपान्तरण संगै आत्मशान्ती,सन्तुष्टि पिता परमेश्वरको सत्मार्गमा अगाडि बढ्ने उद्देश्यले स्थापित भएको सामाजिक सस्थामा पिता परमेश्वरप्रती आस्था राख्ने नेपाली समुदायहरु आबद्द छन्।
सामाजिक सस्था,बखानपुर उपशाखाका सस्थापक धन बहादुर थापा मगरको अध्यक्षतामा भएको १ दिने शिक्षा कार्यक्रममा भरतपुर-१९ का वडा अध्यक्ष प्रकाश तामाङ,प्रमुख अगुवा श्रीकृष्ण आले मगर,केन्द्रिय सहकारी बैंक संचालक समिती सदस्य तारा गुरुङ,भरतपुर-१९ का वडा सदस्यद्वय खड्क बहादुर पाख्रीन,दिल माया थापा मगर,शारदानगर भुपु सैनिक कल्याणकारी सस्थाका अध्यक्ष हुतमान गुरुङ लगायत भरतपुर-१९ मा रहेका सत्सङहरुका सदस्यहरु साथै भरतपुर-१५,१६,१७,१८,२० र २१ का सत्सङका सदस्यहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अगुवा आलेले सत्य वचन परम इस्वरिय सामाजिक सस्था कुनै पनि धर्म परिवर्तन नभई व्यक्तिको व्यक्तित्व परिवर्तन,व्यवहार परिवर्तन र आत्मसन्तुष्टि प्रदान सहित पिता परमेश्वरप्रती विश्वास रहने उद्देशयले देशैभरी चलायमान रहेको कुरा बताउनुहुदै कार्यक्रमलाइ सफल बनाउनुमा सामाजिक व्यक्तित्वहरु र जनप्रतिनिधिहरु उपस्थितिले खुशी रहेको कुरा बताउनुभयो ।
उहाले १ दिने शिक्षा कार्यक्रममा सहभागीहरुलाइ मह्त्वपुर्ण पिता पर्मेश्वरको महिमा सहित उर्जाशिल शिक्षाहरु प्रदान गर्नुभएको हो।कार्यक्रममा वडा अध्यक्ष तामाङ्ले आफुले मानविय धर्मलाइ आत्मसात गर्दै पिता परमेश्वरप्रती बिश्वास गरेको कारणले नै जनताहरुको काम गर्न पाउनुमा खुसी भएको कुरा व्यक्त गर्नुभयो।
उहाले उक्त सामाजिक सस्थाको कार्यालयका लागि सार्वजनिक जग्गा समेत उपलब्ध गराइदिने आश्वासन दिनुभएको हो।
Discussion about this post