बारा,१३ वैशाख । बारा निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित हुनुभएको छ । यादव आफ्ना निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई पाँच हजार ८१ मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो ।
यादवले २८ हजार चार १५ मत प्राप्त गर्दा जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाउनुभएको छ । यसैगरी एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहँदा रास्वपाका रमेश खरेलले दुई हजार ८२९ मत पाउनुभएको छ । पाँचौँ स्थानमा रहनुभएका आम जनता पार्टीका अरुण ज्ञवालीले दुई हजार ७३८ मत प्राप्त गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादवलाई मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले राती १ः४५ बजे प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
Post Views: 276
Discussion about this post