ईन्डियन प्रिमियर लिग : गुजरातले मुम्बईलाई ५५ रनले हरायो

खबर चितवन

खबर चितवन

काठमाडौं,१३ वैशाख । ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता गुजरात टाईटन्सले मुम्बई इन्डियन्सलाई ५५ रनले हराएको छ । मंगलबार राति अहमदावादमा भएको खेलमाटस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो ।

गुजरातका शुभमन गिलले सर्वाधिक ५६ रन जोडे । डेबिड मिलर ४६ रनमा आउट भए । त्यस्तै अनुभव मनोहरले ४२ रन बनाए ।मुम्बईका पियुष चावलाले २ तथा जेसन बेहरनडोर्फ, राईली मेरिडेथ, अर्जुन तेन्दुल्कर र कुमार कार्तिक्येले समान एक/एक विकेट लिए ।

गुजरातले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन बनायो । मुम्बईका निहाल वाधिराले सर्वाधिक ४० रन बनाए । क्यामरुन ग्रीन ३३ रनमा आउट भए । सुर्यकुमार यादवले २३ रन जोडे ।

गुजरातका नूर अहमदले ३ तथा मोहित शर्मा र राशिद खानले समान २/२ विकेट लिए । कप्तान हार्दिक पान्ड्याले एक विकेट लिए ।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

सिमलताल दुर्घटना: ५० पश्चिम चितवनको गोलाघाटमा एक शव फेला

चितवन । चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । सो शव सिमलतालमा पहिरोले बगाएको...

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

सिमलताल दुर्घटना: वाटर ड्रोनको प्रयोग गरेर त्रिशुलीमा बेपत्ता बस खोजिदै

चितवन,२९ असार । शुक्रवार बिहान पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न...

सिमलतालमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित

सिमलताल दुर्घटना: नदीमा बेपत्ता बसको खोजी कार्य सुरु

चितवन,२९ असार । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ ।...

अक्षय कुमारलाई कोरोना संक्रमण

अक्षय कुमारलाई कोरोना संक्रमण

काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अक्षयकुमारले आफूलाई  कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख...