ईन्डियन प्रिमियर लिग : दिल्लीले हैदराबादलाई ७ रनले हरायाे

खबर चितवन

खबर चितवन

काठमाण्डाै,१२ वैशाख । ईन्डियन प्रिमियर लिग(आईपीएल) मा  दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ७ रनले पराजित गरेको छ ।टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।

मनिष पान्डेले २७ बलमा २ चौकाको सहयोगमा ३४ रन बनाए । यस्तै अक्षर पटेलले ३४,कप्तान वार्नरले २१,मार्शले २५ रन बनाए । हैदराबादका वासिङ्टन सुन्दरले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए र टी नटराजनले १ विकेट लिए ।

जवाफि ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन बनायो । हैदराबादका मयङ्क अग्रवालले सर्वाधिक ४९ रन बनाए । त्यस्तै हेनरिक केल्सनले ३१,वासिंटन सुन्दरले अविजित २४,राहुल त्रिपाटीले १५ रन बनाए ।दिल्लीका मनिष पान्डे र अक्षर पटेलले समान ३४ रन बनाए । हैदराबादका वासिङ्टन सुन्दरले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए र टी नटराजनले १ विकेट लिए ।

दिल्ली सातौँ खेलमा दोस्रो जितसहित अङ्कतालिकाको पुछारमा नै छ । समान खेलमा चार अङ्क नै रहेको हैदराबाद नवाैँ स्थानमा छ ।

 

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

बुधबारदेखि पुनः वर्षा हुने सम्भावना

काठमाडौं । आगामी बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती...