काठमाडौँ,११ वैशाख । प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर २ को मतगणना सोमबार(आज) बिहान १० बजेदेखि सुरु हुने भएको छ।
सर्वदलीय बैठकमा बिहान १० बजेदेखि मतगणना सुरु गर्ने सहमति जुटेको हो। अहिले मतगणनाको कार्यविधि बनाउने काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
बारा २ मा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल तथा जनमत पार्टीबाट शिवचन्द्र कुशवाह मुख्य प्रतिस्पर्धी छन्।
Post Views: 276
Discussion about this post