चितवन,११ वैशाख । चितवन निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरू भएको छ । सोमबार बिहान बसेको सर्वदलीय बैठकमा दिउँसो १ बजेबाट मत गणना गर्ने सहमति भएपनि २ बजेबाट मतगणना सुरू भएको हो ।
इच्छाकामना गाउँपालिका १ र ३ वडाबाट मतगणना सुरु भएको छ । मतगणना भरतपुरस्थित उद्योग संघको प्रदर्शनी केन्द्रमा भइरहेको छ। चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ प्रतिस्पर्धी उम्मेदवारका रुपमा रहेका छन्।
Post Views: 238
Discussion about this post