3pl Addiction Helpline America addictionhelplineamerica

इण्डियन प्रिमियर लिग : कोलकत्तालाई हराउँदै शीर्षस्थानमा चेन्नई

खबर चितवन

खबर चितवन

काठमाडौँ,११ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत कोलकाता नाइट राईडर्सलाई ४९ रनले हराउँदै चेन्नइ शीर्ष स्थानमा उक्लिएको छ।

आइतबार कोलकत्तास्थित इडेन गार्डेन स्टेडियममा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो। उसका लागि अविजित रहेका अजिन्क्य रहाणेले ७१,डेभोन कोन्वेले ५६,शिवम दुवेले ५०,रवीन्द्र जडेजाले १८ ,महेन्द्रसिंह धोनीले अविजित २ रन बनाए । कोलकत्ताका कुलवन्त खेज्रोलियाले सर्वाधिक २ विकेट लिँदा वरुण चक्रवर्ती र सुयश शर्माले समान १ विकेट लिए।

जवाफि व्याटिङ मा उत्रिएको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रन मात्र बनायो। उसका लागि जेसन रोयले ६१ रन बनाए । यस्तै रिंकु सिंहले अविजित ५३,नितिश रानाले २७ तथा वेङटेस ऐयरले २० रन बनाए।चेन्नाईका लागि महेश थिक्सना र तुषार देशपान्डेले समान २/२ तथा मधिसा पथिराना,रवीन्द्र जडेजा ,मोईन अलि र आकाश सिंहले समान १/१ विकेट लिए।

जितसँगै ८ खेलबाट १० अंक जोडेको चेन्नइ तालिकाको शीर्षस्थानमा उक्लिएको छ।

Related Posts

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

ताजा समाचार
सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

पर्यटकिय गन्त्वय चितवनको सौराहामा यस वर्ष पनि  चितवन हात्ती तथा पर्यटन महोत्सव, ०८१  पुस दोस्रो साता हुने भएको छ। क्षेत्रीय...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड...

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

काठमाडौँ । वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज...

२९४ जनाको सकुशल हवाई उद्दार

२९४ जनाको सकुशल हवाई उद्दार

काठमाडौँ । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्दारलाई तिव्र पारिएको...