चितवन,१० वैशाख । मौलाकाली केबलकार प्रालिद्वारा प्रवर्द्धित मौलाकाली केबलकार यही वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ। नवलपुर जिल्लाको गैँडाकोट १ मा निर्माण सम्पन्न केबलकार यही वैशाख १ गतेदेखि परीक्षण सञ्चालन भएको थियो। केबलकारको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम छ।
आईएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केबलकारको निर्माण गत वर्षदेखि सुरु गरिएको थियो। गैँडाकोट–१ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला रहेका छन्।
केबलकारमार्फत बटम स्टेसनबाट टप स्टेसनसम्प पुग्न करिब ५ मिनेटको समय लाग्छ।
Post Views: 254
Discussion about this post