चितवन,१० वैशाख । प्रतिनिधि सभाका रिक्त ३ स्थानका लागि भइरहेको उपनिर्वाचन अन्तर्गत मतदान शुरू भएको छ ।बारा २, चितवन २ र तनहुँ १ मा आइतवार बिहान मतदान शुरू भएको हो । बिहान ७ बजे शुरू भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।
चितवन २ मा रास्वपाका लामिछाने, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपानेबीच मुख्य प्रतिष्पर्धा हुने ठानिएको छ ।
मंसिर ४ गतेको चुनावमा कांग्रेसबाट विजयी रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि रिक्त बनेको तनहुँ १ मा नेपाली कांग्रेसको तर्फवाद गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्ले चुनावी मैदानमा छन् ।
यस्तै रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि रिक्त रहेको बारा २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुसहवा र रास्वपाका रमेश खरेल चुनावी मैदानमा छन् ।
Discussion about this post